‘ताउकते’ चक्रवातका कारण भारतमा २१को मृत्यु, ९६ वेपत्ता
नयाँ दिल्ली, जेठ ४ : ‘ताउकते’ चक्रवातका कारण भारतमा १२ जनाको मृत्यु भएको छ भने ९६ जना वेपत्ता भएका छन्।अरब सागरबाट सुरु भएको...
नयाँ दिल्ली, जेठ ४ : ‘ताउकते’ चक्रवातका कारण भारतमा २१ जनाको मृत्यु भएको छ भने ९६ जना वेपत्ता भएका छन्।
अरब सागरबाट सुरु भएको ‘ताउकते’ चक्रवातका कारण ठूलो हावाहुरीसँगै आएको भारी वर्षाका कारण भारतमा दुई लाख बढी प्रभावित भएको बताइएको छ । भारी वर्षा र एक सय किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरीको कारण गुजरात, मुम्बई, कर्नाटक लगायतका तटीय क्षेत्रमा ठूलो क्षति भएको छ।
भारतीय नौसेनाले गुजरात, कर्नाटकका समुद्री तटमा रहेका हजारौं मानिसलाई उद्धार गरेका छन् । गुराजतमा मात्रै १६ हजार घरमा क्षति पुगेको र ४० हजार रुख खेलेको बताइएको छ।
गुराराजतका केही क्षेत्रमा आँधी चलिरहेकाले शतर्कता अपनाउन अधिकारीहरूले अग्रह गरेका छन्।
प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












