विराट शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट
विराटनगर, ४ जेठ : विराटनगरस्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।सडक दुर्घटनामा घाइते भएका दुईजनाको उपचारमा खटिएका...
विराटनगर, ४ जेठ : विराटनगरस्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।
सडक दुर्घटनामा घाइते भएका दुईजनाको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति कुटपिट भएको अस्पतालले जनाएको छ।
कुटपिटका कारण डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बूढीगङ्गा-२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको हो। उनीहरू पक्राउ परिसकेको जनाइएको छ।
आकस्मिक कक्षमा भर्ना भएकी एक वृद्धाको उपचार गर्न ढिलाइ गरेको भन्दै सो समूहले चिकित्सकमाथि कुटुपट गरेको दाबी मोरङ प्रहरीले गरेको छ।
प्रकाशित मिति: १३:०० बजे, मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











