Kathmandu Press

दैलेखको दुल्लुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं, जेठ ४ ः कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च...
दैलेखको दुल्लुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं, जेठ ४ ः कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नंको जीप दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप आज बिहान दुर्घटनामा परेको हो। ब्रेक फेल भई जीप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । 

प्रहरीका अनुसार जीपमा दुईजना मात्र सवार रहेका थिए । निषेधाज्ञाको बेला सो जीप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग समन्वय भइरहेको श्रेष्ठले बताए।
 

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्