Kathmandu Press

हत्या गरेको अवस्थामा दुई बालकको शव फेला

काठमाडौं, जेठ ४ : बारामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ। प्रहरीका अनुसार कलैया उपमहानगरपालिका–७ स्थित सरंगापुर बस्ने नौ वर्षीय उशमान अन्सारी...
हत्या गरेको अवस्थामा दुई बालकको शव फेला

काठमाडौं, जेठ ४ : बारामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ। प्रहरीका अनुसार कलैया उपमहानगरपालिका–७ स्थित सरंगापुर बस्ने नौ वर्षीय उशमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको हत्या भएको हो। उनीहरू दाजुभाइ हुन् ।

स्थानीय मदरसामा हत्या गरिएको अवस्थामा दुवै जनाको शव फेला परेको बारा प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार हिजो बेलुकी ७ बजे उनीहरू घरबाट खेल्न भन्दै निस्केका थिए । तर, अ‍ेबर रातिसम्म उनीहरूको खोजीगर्दा समेत नभेटिएपछि बालक बेपत्ता भएको बारे प्रहरीलाई खबर गरिएको थियो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: १२:०४ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्