अमेरिकाद्वारा म्यानमारको प्रशासनिक निकाय र उच्च पदाधिकारीमाथि प्रतिबन्ध
नायपिटव, जेठ ४ : अमेरिकाले म्यानमारको प्रशासनिक निकाय र उच्च पदाधिकारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ। म्यानमारमा फेब्रुअरी १ मा सैन्य ‘कू’ लागू गर्न साथ दिएको...
नायपिटव, जेठ ४ : अमेरिकाले म्यानमारको प्रशासनिक निकाय र उच्च पदाधिकारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ।
म्यानमारमा फेब्रुअरी १ मा सैन्य ‘कू’ लागू गर्न साथ दिएको र देशको प्रजातन्त्र समर्थक आन्दोलनलाई हिंस्रक रूपले दमन गरेको भन्दै म्यानमारको प्रशासनिक निकाय र उच्च–पदाधिकारीमाथि सोमबार अमेरिकाले प्रतिबन्ध लगाएको हो।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टले सोमबार राति प्रतिबन्ध लगाइएका १३ जना म्यानमारको सैन्य शासनका प्रमुख सदस्यहरू भएको बताएको छ।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टका अनुसार देशको प्रजातन्त्र समर्थक आन्दोलनलाई हिंस्रक रूपले दमन गरिरहेको र तिनीहरु म्यानमारका जनतामाथि भइरहेको हिंसात्मक र घातक आक्रमणका लागि जिम्मेवार छन।
फरेन एसेट कन्ट्रोलकी निर्देशक एन्ड्रिया ग्यास्किले सेनाले म्यानमारका जनताको मानवअधिकार हनन र दमन गरेको बताएकी छन् ।
फेब्रुअरी १मा लागू भएको सैन्य ‘कू’ पश्चात प्रजातन्त्र समर्थक प्रदर्शनकारीविरुद्ध गरिएको कारबाहीमा कम्तीमा पनि सात सय ७४ जनाको मृत्यु भएको छ।












