मजदुर आन्दोलनको कारण देखाउँदै हायात होटल अनिश्चितकालका लागि बन्द
काठमाडौ, असार २ : मजदुर आन्दोलनको कारण देखाउँदै काठमाडौंको पाँचतारे होटल हायात अनिश्चतकालका लागि बन्द गरिएको छ।
होटल सञ्चालक तारागाउँ र....
काठमाडौ, असार २ : मजदुर आन्दोलनको कारण देखाउँदै काठमाडौंको पाँचतारे होटल हायात अनिश्चतकालका लागि बन्द गरिएको छ।
होटल सञ्चालक तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सूचना जारी गर्दै होटल बन्द भएको जानकारी नेपाल स्टक एक्सचेन्ज र लगानीकर्ताहरुलाई गराएको हो।
नेपाल स्टक एक्सचेन्जमार्फत कम्पनीले मजदुर आन्दोलनका कारण सबै सेवा र सुविधा दिन असमर्थ रहेको जानकारी गराएको छ। मजदुरहरुले काम छाडेरै आन्दोलनमा उत्रिएको पाँच दिन बितिसकेको छ।
याेपनि: हायात होटल बन्द गरेर नेपाल छाड्ने सर्राफको तयारी
तारागाउँ रिजेन्सीका कम्पनी सचिव रमणकुमार कर्णले सोमबार नेप्सेलाई पत्राचार गर्दै होटल्स बन्द भएको जानकारी गराएका हुन्। गत जेठ ३० गतेदेखि ‘गैरकानूनी’ हड्ताल र नारा जुलुसका कारण होटलका सम्पूर्ण सेवा तथा व्यवस्थापनको प्रशासनिक काम–कारबाही प्रभावित भएर होटल बन्द गर्नुपरेको उनको पत्रमा उल्लेख छ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को ३(१) विपरित कर्मचारीहरुले आन्दोलन गरेको कम्पनीले दाबी गर्दै बन्दको सूचना निकालेको छ। होटलको सेयर सोमबार ३२१ रुपैयाँमा कारोबार भएको छ।
३१९ रुपैयाँ प्रतिकित्ताबाट शुरु भएको कारोबार एकपटक ३१६ मा झरेको थियो भने ३२२ सम्म पुगेको थियो।
.jpg)






