Kathmandu Press

प्रधानसेनापति थापाद्वारा बर्दिवासमा निर्माण भएको फिल्ड अस्पतालको उद्घाटन तथा निरीक्षण 

काठमाडौं, जेठ ३ : प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले महोत्तरी जिल्लाको बर्दिवासमा निर्माण भएको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको समुद्घाटन तथा निरीक्षण...
प्रधानसेनापति थापाद्वारा बर्दिवासमा निर्माण भएको फिल्ड अस्पतालको उद्घाटन तथा निरीक्षण 

काठमाडौं, जेठ ३ : प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले महोत्तरी जिल्लाको बर्दिवासमा निर्माण भएको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको समुद्घाटन तथा निरीक्षण भ्रमण गरेका छन् ।

उक्त अवसरमा प्रधान सेनापति थापाले मध्य पूर्वी पृतना हे.क्वा.को संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा “बर्दिबास सैनिक शिविर” भित्र निर्माण भएको २५ शैय्याको फिल्ड अस्पताल तथा सैनिक आवासीय महाविद्यालयको बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए ।

नेपाली सेनाको बहालवाला तथा अवकाश प्राप्त सैनिक र आश्रित परिवारहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य साथ निर्माण भएको उक्त फिल्ड अस्पतालबाट डेण्टल प्रोसिजर, इनडोर सर्भिस, वेशिक ल्याब सर्भिस, एक्स रे सेवा, एक्सिडेण्ट तथा ईमर्जेन्सी सेवा, ओपिडी सर्भिस (१७ वेड) र फार्मेसी सेवाहरु सूचारु हुने जनाईएको छ ।

हाल देशमा भयावह रुपमा फैलिदै गरेको कोभिड १९ संक्रमणको कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न  भएको असहज परिस्थितिलाई मध्यनजर गरी उक्त नवनिर्मित फिल्ड अस्पतालमा बेडको उपलब्धताको आधारमा गैर सैनिक बिरामीहरुलाई समेत सेवा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाले जनाएको छ । 
 

प्रकाशित मिति: २१:०२ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्