Kathmandu Press

‘हाम्रो मेडिकल सेवा’ थाल्यो घरमै पिसिआर टेस्ट, कोभिडको उपचार समेत गरिने 

काठमाडौं, जेठ ३ :  कोरोना महामारीकाबीच ‘हाम्रो मेडिकल सेवा’ ले सेवाग्राहीहरुको लागि घरमै गएर पिसिआर परिक्षण र कोभिडको उपचारको व्यवस्थापन गर्ने कार्यको सुरुवात...
‘हाम्रो मेडिकल सेवा’ थाल्यो घरमै पिसिआर टेस्ट, कोभिडको उपचार समेत गरिने 

काठमाडौं, जेठ ३ :  कोरोना महामारीकाबीच ‘हाम्रो मेडिकल सेवा’ ले सेवाग्राहीहरुको लागि घरमै गएर पिसिआर परिक्षण र कोभिडको उपचारको व्यवस्थापन गर्ने कार्यको सुरुवात गरेको छ ।

हाम्रो मेडिकलले सेवा मार्फत विभिन्न मेडिकल टेस्टको घरबाटै सुबिधा लिन सकिने र घरैमा औषधी मगाउन समेत सकिने हाम्रो मेडिकल सेवाका प्रबन्धक सरोज महतोले बताए । हेल्थ सेफ्टी बक्स, रक्तचाप परिक्षण मेसिन, अक्सिमिटर, थर्मोमिटर, ह्यान्ड स्यानिटाइजर, व्हिलचियर, विरामीको लागि बेड लगायतका स्वास्थ्य सामाग्री घरैमा पनि मगाउन सकिने उनी बताउँछन् ।

त्यस्तै निम्न आय भएका सेवाग्राहीहरुको लागि भने यो सेवा निःशुल्क रुपमा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि मेडिकल सेवाको लागि सेवाग्राहीले ९८४३३४६६०५ मा फोन गरेर वा भाइवर, ह्वाट्सएप मार्फत पनि सम्पर्क गर्नसक्ने बताइएको छ।

हाम्रो मेडिकल सेवा छुट्टै पोलिक्लिनिक, अस्पताल वा मेडिकल सेन्टर नभई, एउटा टिम हो जसले मेडिकल क्षेत्रका सरोकारवाला सँस्थाहरुको समन्वयमा स्वास्थ्य सेवालाई घरघरमा पुर्‍याउने काम गर्दछ । 

प्रकाशित मिति: २०:४० बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्