Kathmandu Press

गृह मन्त्रालयले भन्यो–भारतीय गाडीमाथि शंका लागे प्रहरीले चेकजाँच गर्न सक्छ

काठमाडौं, असार २ : गृह मन्त्रालयले भारतबाट आउने ठूला मालबाहक ट्रकमाथि निगरानी नराख्न दिएको निर्देशनको बचाऊ गरेको छ।  

गृहले स....

गृह मन्त्रालयले भन्यो–भारतीय गाडीमाथि शंका लागे प्रहरीले चेकजाँच गर्न सक्छ

काठमाडौं, असार २ : गृह मन्त्रालयले भारतबाट आउने ठूला मालबाहक ट्रकमाथि निगरानी नराख्न दिएको निर्देशनको बचाऊ गरेको छ।  

गृहले सोमबार विज्ञप्ति निकालेर उद्योगमैत्री वातावरण बनाउन मालवाहक भारतीय गाडीलाई निर्वाधरुपमा आवागमन गर्न दिन निर्देशन दिएको भन्दै बचाउ गरेको हो। 

यसअघि गृह मन्त्रालयले गत जेठ २ गते भारतसँग सीमा जोडिएका तराईका २२ जिल्लाका प्रशासन प्रमुखलाई पत्र पठाएर भारतबाट आउने ठूला मालबाहक ट्रकमाथि निगरानी नराख्न निर्देशन दिएको थियो। उक्त परिपत्रको बोधार्थ नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई पनि दिइएको थियो।

गृह प्रवक्ता एवं सह–सचिव रामकृष्ण सुवेदीले परिपत्र नेपाल प्रवेशपछि सडकमा गुड्ने क्रममा हुने गरेको दुःख हैरानीका सम्बन्धमा आएका गुनासालाई सम्बोधन गर्ने प्रयोजनका लागि मात्र भएको बताएका छन्। 

योपनि: भारतबाट आउने मालबाहक ट्रकलाई चेकजाँच नगर्न गृहमन्त्रीको आदेश

‘कुनै व्यवसायीप्रति आग्रहरपूर्वाग्रह नराखिएको र सबै प्रकारका मालवहाक ढुवानीका साधनबाट औद्योगिक कच्चा पदार्थ उद्योगसम्म निर्वाधन आवागमन गरी उद्योगमैत्री वातावरण तयार गर्न स्थानीय प्रशासनलाई पत्राचार गरिएको हो,’ सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

कुनै मालवाहक सवारी साधनमा गैरकानूनी ओसारपसार भएको आशंका लागेमा सुरक्षा निकायले जुनसुकै समय र स्थानमा जेकजाँच गर्न सक्ने प्रवक्ता सुवेदीले बताए।

गृहमन्त्री रामबहादुर थापाले गत वैशाख २७ गते गरेको मन्त्रिस्तरीय निर्णयअनुसार गत जेठ २ गते गृहले मोरङ, झापा, सुनसरी, धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, मकवानपुर, चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके वर्दिया, कैलाली र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयलाई भारतीय मालबाहक गाडीमाथि चेकजाँच नगर्न परिपत्र पठाइएको थियो।

प्रकाशित मिति: १९:२५ बजे, सोमबार, असार २, २०७६