Kathmandu Press

निषेधाज्ञाले नेपालमा रोकिएका भारतीय नागरिक साउदी लान १० उडान अनुमति

काठमाडौं, जेठ ३ : नेपालमा अड्किएका भारतीय नागरिकले साउदी अरेबिया जान पाउने भएका छन् । त्यसकालागि नेपाल सरकारले १० वटा उडानको अनुमति दिएको...
निषेधाज्ञाले नेपालमा रोकिएका भारतीय नागरिक साउदी लान १० उडान अनुमति

काठमाडौं, जेठ ३ : नेपालमा अड्किएका भारतीय नागरिकले साउदी अरेबिया जान पाउने भएका छन् । त्यसकालागि नेपाल सरकारले १० वटा उडानको अनुमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

भारतीय दूतावासको समन्वय र साउदी सरकारको अनुमतिपछि चार्टर्ड उडान स्वीकृत गरिएको हो। १८ मे (मंगलबार) बाट काठमाडौंबाट साउदी अरेबियाका लागि नेपाल एयरलाइन्सले सात र हिमालय एयरलाइन्सले तीन उडानको अनुमति पाएको जनाइएको छ।

Hardik ivf

नेपालमा रोकिएका भारतीय नागरिकले तोकिएका वायुसेवा कम्पनीबाट टिकट काट्न सक्ने प्राधिकरणले बताएको छ। साउदी अरेबिया जान भन्दै काठमाडौंमा निषेधाज्ञा जारी हुनुअघि आएका र यतै अड्किएका भारतीय नागरिकका लागि यो सुविधा दिइएको हो।

अहिले नेपाललाई ट्रान्जिट बनाई विदेश जान बन्द गरिएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान १७ जेठसम्मकालागि बन्द गरिएको छ। 

हिमालय एयरलाइन्सले दमामका लागि तीनवटै उडान मंगलबार गर्ने तालीका रहेको सोही कम्पनीले जनाएको छ।

नेपालमा रहेका विदेशी नागरिकलाई घर फर्काउन सम्बन्धित मुलुकका दूतावासको समन्वयमा उडानको व्यवस्थापन गर्न लागिएको प्राधिकरणले जनाएको छ। आज (सोमबार) अमेरिकी नागरिक लैजान टर्किस एयरलाइन्स कामाडौं आउँदैछ।

प्रकाशित मिति: १६:१० बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्