Kathmandu Press

तरुण दलको बुटवलमा प्रदर्शन

बुटवल, माघ १२ : नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सरकारको निरंकुश चरित्रले लोकतन्त्र खतरामा परेको बताएका छन । 

तरुढाद दलले ब....

तरुण दलको बुटवलमा प्रदर्शन

बुटवल, माघ १२ : नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सरकारको निरंकुश चरित्रले लोकतन्त्र खतरामा परेको बताएका छन । 

तरुढाद दलले बुटवलमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रममा बोल्दै बस्नेतले गलत विधिबाट प्रधानमन्त्री बनेका ओलीले सारा जनतालाई निराश बनाउदै एकदलियता लादेको आरोप लगाए । 
बस्नेतले कम्युनिष्ट सरकारले तरुण दलका साथिहरुलाई दुख दिन थालेको बताउदै प्रहरी दमन तत्काल बन्द नगरे तरुण दलले प्रतिवाद गर्ने बताए ।

कार्यक्रममा कोषाध्यक्ष विद्धान गुरुङले महिला राष्ट्रपति भएको देशमा किशोरी निर्मला पन्तको बालत्कारबाट हत्या हुनु र बोक्सीको आरोपमा महिला पीडित हुनु निकै दुखद भएको बताए । ‘राष्ट्रपतिलाई महँगो साडी र १२ करोडको गाडी दिदैमा समृछि आउदैन’ कार्यक्रममा उनले भने, ‘दुईं तिहाईको सरकारसंगै न्याय मर्दै गएको छ। महिला रास्ट्रपति भएको देशमा बोक्सी आरोपमा महिलना पडित हुनु र निर्मला पन्त लगायत हजारौं निर्मलाले न्याय नपाउनु अनौठो छ ।’

कार्यक्रममा शान्ति प्रक्रियाको नायक र संविधानको पिता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामको अस्पताल बन्द गर्ने आदेश सरकारको एकदलिय सोचको सुचक भएको बताइएको थियो । 

कार्यक्रममा महासचिव भुपेन्द्रजंग शाही, उपाध्यक्ष उत्तम चापागाई लगायतले बोलेका थिए ।

प्रकाशित मिति: १९:४९ बजे, शनिबार, माघ १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्