इजरायल–प्यालेस्टाइन द्वन्द्व अन्त्यका लागि भूमिका खेल्न अमेरिकालाई आग्रह
इस्लामाबाद, जेठ ३ : पाकिस्तानले इजरायल र प्यालेस्टाइबीच भइरहेको द्वन्द्व अन्त्य गर्न अमेरिकालाई भूमिका खेल्न आग्रह गरेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र पाकिस्तानी...
इस्लामाबाद, जेठ ३ : पाकिस्तानले इजरायल र प्यालेस्टाइबीच भइरहेको द्वन्द्व अन्त्य गर्न अमेरिकालाई भूमिका खेल्न आग्रह गरेको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र पाकिस्तानी परराष्ट्रमन्त्री शाह मेहमूद कुरेशीबीच आइतबार टेलिफोन संवाद भएको थियो।
सोही क्रममा पाकिस्तानले इजरायल र प्यालेस्टाइबीचको द्वन्द्व अन्त्य गर्न अमेरिकालाई आवश्यक भूमिका खेल्न आग्रह गरेको हो। संवादमा मन्त्री कुरेशीले प्यालेस्टाइन क्षेत्र कब्जा गरिएको अवस्थाप्रति ‘गहिरो चिन्ता र पीडा’ व्यक्त गरेका थिए ।
अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले उक्त टेलिफोन संवादमा अफगानस्तानको शान्ति प्रक्रिया, आतंकवाद विरोधी अभियान र व्यापार सम्बन्ध सुधार गर्नेतर्फ केन्द्रित रही संवाद भएको बताएका छन्।
प्रकाशित मिति: १४:२८ बजे, सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












