बझाङमा जीप दुर्घटना, ६ जनाको मृत्यु
बझाङ, असार २ : बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
सोमबार सदरमुकाम नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स ....
बझाङ, असार २ : बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
सोमबार सदरमुकाम नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरी सहायक निरीक्षक महानन्द जोशीले जानकारी दिए।
दुर्घटनामा परी एक बालक, दुई महिला र तीन पुरुषको मृत्यु भएको भएपनि नाम र ठेगाना भने खुल्न सकेको छैन।
जीप सडकबाट झण्डै चार सय मिटर तल खसेकाले घाइतेहरुको उद्दारमा कठिनाइ भइरहेको जोशीले बताए। उद्दारमा कठिनाइ भइरहेकाले मृतकको संख्या केही बढ्न सक्ने प्रहरीले जनाएको छ। जीपमा कति जना यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।






