प्रधानमन्त्री ओलीले पुनः शपथ लिनुपर्ने भन्दै सर्वोच्च पुगे कानुन व्यवसायी
काठमाडौं, जेठ २ : प्रधानमन्त्री केपी ओलीले पुनः शपथ लिनुपर्ने भन्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन्। वरिष्ठ अधिवक्ता चन्द्राकान्त ज्ञवालीलगायत अन्य केही...
काठमाडौं, जेठ २ : प्रधानमन्त्री केपी ओलीले पुनः शपथ लिनुपर्ने भन्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन्। वरिष्ठ अधिवक्ता चन्द्राकान्त ज्ञवालीलगायत अन्य केही अधिवक्ता रिट लिएर सर्वाेच्च पुगेको जनाइएको छ।
शपथ र त्यसपछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्तिविरूद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को रिट पेस गरेका छन्। रिट अध्ययनकै क्रममा रहेकाले दर्ता गर्न नसकिएको सर्वोच्चको रिट महाशाखा स्रोतले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए।
राष्ट्रपति भण्डारीले उक्त वाक्यांश दोहोर्याएपछि ओलीले ‘यो पर्दैन’ भनेका थिए। उनको जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन्। ओलीले शपथका क्रममा ‘ईश्वर’ भन्ने शब्द पनि छुटाएका थिए।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)