Kathmandu Press

अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा

काठमाडौं, जेठ २ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त...
अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा

काठमाडौं, जेठ २ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको उच्च प्रशंसा गरेका छन्।

सभापति देउवाले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाएका हुन्। एक दिन राज्यले पक्कै फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने विश्वास पनि देउवाले व्यक्त गरेका छन्।

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्