गोकर्णेश्वरका जनप्रतिनिधिले जम्मा पारे ३२० वटा अक्सिजन सिलिन्डर
काठमाडौं, जेठ २ नयाँ भेरियन्टसहितको कोभिड-१९ को सङ्क्रमण तीव्र रुपमा फैलिएका बेला गोकर्णेश्वर नगरपालिका-३ ले अक्सिजनका ३२० सिलिन्डर जम्मा गरेको छ ।हस्तकला व्यवसायीको...
काठमाडौं, जेठ २ नयाँ भेरियन्टसहितको कोभिड-१९ को सङ्क्रमण तीव्र रुपमा फैलिएका बेला गोकर्णेश्वर नगरपालिका-३ ले अक्सिजनका ३२० सिलिन्डर जम्मा गरेको छ ।
हस्तकला व्यवसायीको सहयोगमा घर एवं विभिन्न उद्योगमा पुगेर खाली तथा भरिएका गरी ३२० अक्सिजन सिलिन्डर जम्मा गरिएको वडाध्यक्ष राजेन्द्रकुमार भण्डारीले जानकारी दिए। कोरोना सङ्क्रमित भई गम्भीर भएर अक्सिजनसहितको उपचार आवश्यक पर्नेका लागि घर घर डुलेर अक्सिजन सिलिन्डर जम्मा पारी नगर कार्यपालिकाको कार्यालयमा बुझाइएको हो।
अक्सिजनको अभाव भई अस्पतालले कोरोना सङ्क्रमितलाई उपचारका लागि भर्ना गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गर्न थालेपछि महानगरीय प्रभाग गोकर्णको सहयोगमा पछि फिर्ता गर्ने सर्तमा घर र उद्योगमा रहेका अक्सिजन सिलिन्डर जम्मा गरिएको हो।
जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत आएर प्रयोगपछि फिर्ता गर्ने प्रतिबद्धता जनाएर अक्सिजन सिलिन्डर जम्मा गर्न सहज भएको जनाइएको छ।











