Kathmandu Press

ताउकते चक्रवात भारत आइपुग्यो, कर्नाटकमा चारको मृत्यु 

ताउकते चक्रवात भारत आइपुग्यो, कर्नाटकमा चारको मृत्यु 

नयाँ दिल्ली, जेठ २ : अरब सागरबाट विकसित भएको तउकते चक्रवात भारत आइपुगेको छ। तउकते चक्रवातको कारण आएको ठूलो हावाहुरीसहितको समुद्री छालका कारण दक्षिण भारतको कर्नाटक राज्यको मलनाड क्षेत्रमा चारजनाको मुत्यु भएको छ। 

सो चक्रवातको कारण कर्नाटकमा ७३ गाउँ प्रभावित भएका छन्। ताउकते चक्रवातको कारण भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातलगायतको क्षेत्र बढी प्रभावित हुने मौसमविद्ले बताएका छन्। 

मौसमविद्को पुर्वाअनुमानपछि ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। सो चक्रवातको असर नेपालमा पनि पर्ने बताइएको छ। नेपालमा सोमबारबाट हावाहुरी र चट्याङसहितको वर्षा हुने अनुमान मौसमविद्हरूको छ। 

प्रकाशित मिति: १४:४० बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्