Kathmandu Press

म्यानमारमा करेन गुरिल्ला समूह र सेनाबीच झडप, २५० बढीको मृत्यु 

काठमाडौं, जेठ २ : म्यानमारमा करेन गुरिल्ला जातिय विद्रोही समूह र म्यानमार सेनाबीच झडप हुँदा दुई सय ५० भन्दा बढी सेनाको मुत्यु भएको छ। करेन...
म्यानमारमा करेन गुरिल्ला समूह र सेनाबीच झडप, २५० बढीको मृत्यु 

काठमाडौं, जेठ २ : म्यानमारमा करेन गुरिल्ला जातिय विद्रोही समूह र म्यानमार सेनाबीच झडप हुँदा दुई सय ५० भन्दा बढी सेनाको मुत्यु भएको छ। 

करेन गुरिल्ला समुह र म्यानमार सेनाबिच साताभर भएको झडपमा परी दुई सय ५० भन्दा बढी सेनाको मुत्यु भएको हो। 

Hardik ivf

म्यान्मार सेनाले करेन नेश्नल युनियन(केएनयू) को अड्डामा यस महिना आक्रमण गरेपछि जवाफी आक्रमण तीव्र भएको हो। 

केएनयुका कमाण्डरले झडपमा परि म्यानमार सेनाका दुई सय २२ सैनिक पनि घाइते भएको बताएका छन् । 

केएनयुले झडपमा परि मारिएकाहरूमा म्यानमार सेनाका कर्नल र एक लेफ्टिनेन्ट कर्नल रहेको दाबि गरेका छन् । 

करेन विद्रोही समूहले ती आक्रमणहरू सत्ताबाट बहिष्कृत गरिएको नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) सरकारका निर्वाचित सांसदहरूले गठन गरेको राष्ट्रिय एकता सरकारको समर्थनका लागि भएको बताएका छन् । 

प्रकाशित मिति: ११:३८ बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्