नेपालगञ्जका पत्रकार रईश शाहीको कोरोनाबाट निधन
बाँके, जेठ २ : नेपालगञ्जमा कार्यरत पत्रकार रईश शाहीको कोरोना सङ्क्रमणबाट शनिबार निधन भएको छ। नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर...
बाँके, जेठ २ : नेपालगञ्जमा कार्यरत पत्रकार रईश शाहीको कोरोना सङ्क्रमणबाट शनिबार निधन भएको छ।
नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका शाहीको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो। नेपालगञ्ज निवासी शाहीको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।
साईको निधनप्रति नेपाल पत्रकार महासङ्घ बाँके, प्रेस चौतरी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका सङ्घसंस्थाले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित भावपूर्णा श्रद्धाञ्जलि व्यक्त गरेका छन्। वैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण २४२ जनाको मृत्यु भएको छ।
वैशाख महिनामा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै १६७ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार सङ्क्रमणका कारण ज्यान गुमाउने १०१ महिला र १४१ पुरुष छन्।











