Kathmandu Press

कास्की कांग्रेसद्वारा संक्रमितका लागि एम्बुलेन्स सेवा सञ्चालन

पोखरा, जेठ २ : नेपाली कांग्रेस कास्कीले कोरोना संक्रमितका लागि छुट्टै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महँगो शुल्कसमेत...
कास्की कांग्रेसद्वारा संक्रमितका लागि एम्बुलेन्स सेवा सञ्चालन
सांकेतिक तस्वीर

पोखरा, जेठ २ : नेपाली कांग्रेस कास्कीले कोरोना संक्रमितका लागि छुट्टै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। 

कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महँगो शुल्कसमेत तिनुपर्ने भएकाले सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए। पोखराको चाउथेबाट शनिबार साँझ एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए। 

हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलका प्रबन्ध निर्देशक एवं  कांग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई फोर्स गाडी उपलब्ध गराएकी हुन्। उनले गाडीको साँचो कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटलाई हस्तान्तरण गरेकी छिन्। 

एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिले पार्टी सचिव देवेन्द्र रानाभाटको मोबाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोबाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गरी समन्वय गर्न सक्ने जनाइएको छ। 

प्रकाशित मिति: ०७:२३ बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्