Kathmandu Press

कोरोना विरुद्धको लडाईँमा खटिएका स्वास्थ्यकर्मीको मुल्यांकन मानवजातीलेनै गरिरहेका छन् : डा. आरजु राणा देउवा

काठमाडौं, जेठ १ : नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी डा. आरजू राणा देउवाले कोरोनाविरुद्धको लडाइँमा फ्रन्टलाईनमा काम गरिरहेका स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरुको कामको मूल्यांकन...
कोरोना विरुद्धको लडाईँमा खटिएका स्वास्थ्यकर्मीको मुल्यांकन मानवजातीलेनै गरिरहेका छन् : डा. आरजु राणा देउवा

काठमाडौं, जेठ १ : नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी डा. आरजू राणा देउवाले कोरोनाविरुद्धको लडाइँमा फ्रन्टलाईनमा काम गरिरहेका स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरुको कामको मूल्यांकन सिंगो मानवजातीले गरिरहेको बताएकी छन्।

शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले कोरोना महामारीमा सेवामा खटिएका स्वास्थ्यकर्मी, अस्पतालका सञ्चालक, व्यवस्थापक, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहक, स्वयम्सेवक सबैको कार्यको प्रशंसा गरेकी हुन्।

तीन महिना लामो अस्पताल बसाईंपछि स्वास्थ्यलाभ गरिरहेकी कांग्रेस नेतृ देउवाले विषम परिस्थितिमा पनि नागरिकको जीवन रक्षामा खटिएका सबैप्रति उक्त भिडियो मार्फत आभार व्यक्त गरेकी हुन्।

‘म आाफै पनि तीन महिना अस्पतालको बसाइबाट फर्किएकी छु। अहिले स्वास्थ्य लाभ गरिरहेकी छु। यतिबेला म नेपाल बाहिर छु। लकडाउनका कारण नेपाल फर्किन सकेको छैन,’ उनले भनिन्, ‘यो विषम परिस्थितिमा कोरोनाविरुद्धको लडाइँमा आफ्नो जीवनलाई जोखिममा राखेर गर्नुभएको सेवाका लागि हार्दिक आभार। यहाँहरुले गरिरहनुभएको कामको उच्च मूल्यांकन सिंगो मानवजातीले गरिरहेको छ।’

उनले कोरोना संक्रमितलाई स्वास्थ्यलाभको कामना गर्दै आफ्नोतर्फबाट पनि सक्दो सहयोग गरिरहेको बताएकी छन्।

‘म विदेशमा भए पनि मेरोतर्फबाट सक्ने काम गरिरहेकोछु। म हमेसा आफ्नो देश, नेपाली माटो, नेपाली जनताका समर्पित छु। मैले गर्ने सहयोग सदैब गर्नेछु,’ उनले भिडियो सन्देशमा भनेकी छन्। 

प्रकाशित मिति: २१:३७ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्