शशांक कोइरालाले भने–ओली सरकार तानाशाह बन्न खोज्यो
काठमाडौं, असार २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार तानाशाह बन्ने खो....

काठमाडौं, असार २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार तानाशाह बन्ने खोजेको आरोप लगाएका छन्।
सोमबार काठमाडौंमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै कोइरालाले ओली सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध कांग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए।
प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको कोइरालाको भनाइ छ। ‘सरकारले दुईतिहाईको दम्भ पालिरहेको छ,’ कोइरालाले भने,‘यसले जनविरोधी गतिविधि गरिरहेको छ।’ जनताको भावना विपरित भइरहेका सरकारका गतिविधिविरुद्ध कांग्रेस खरोरुपमा उत्रिने उनले बताए।
कोइरालाले ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानाशाही बन्न खोजिरहेको आरोप लगाए। शक्तिशाली हुने महत्वाकांक्षाका कारण सरकारले सक्ने काम पनि नगरिरहेको उनको भनाइ छ। उनले कांग्रेसले मात्रै देशलाई सही मार्गमा लग्न सक्ने बताए।











