Kathmandu Press

अफ्रिकामा ४६ लाख बढी कोरोना स‌ंक्रमित

अदिस अबाबा,  जेठ १ : अफ्रिकामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४६ लाख नाघेको छ। अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म...
अफ्रिकामा ४६ लाख बढी कोरोना स‌ंक्रमित

अदिस अबाबा,  जेठ १ : अफ्रिकामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४६ लाख नाघेको छ। अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म अफ्रिका महादेशमा ४६ लाख ७७ हजार ७सय ९८ जनामा संक्रमण देखिएको छ।

संक्रमितमध्ये ४२ लाख ३२ हजार ९ सय ७४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म अफ्रिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख २५ हजार ८स य ९० छ ।

Hardik ivf

अफ्रिका सीडीसीका अनुसार दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्ट देशहरू महादेशमा सबैभन्दा बढी सङ्क्रमित हुने देशहरू हुन्।

सङ्क्रमित सङ्ख्याको हिसाबले दक्षिण अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो । उत्तर अफ्रिका र पूर्वी अफ्रिकी मुलुकहरू पनि बढी प्रभाबित रहेका छन् भने यस महाद्वीपमा मध्य अफ्रिका सबैभन्दा कम प्रभावित क्षेत्र हो ।

दक्षिण अफ्रिकामा शनिबारसम्म १६ लाख आठ हजार ३९३ सङ्क्रमित फेला परेका छन् भने दोस्रो बढी प्रभाबित मानिएको अफ्रिकी मुलुक मोरक्कोमा पाच लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: २०:३६ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्