सरकारलाई जनार्दन शर्माको प्रश्न–राजदूत नियुक्तिको आधार के हो?
काठमाडौं, असार २ : नेकपा नेता जनार्दन शर्माले सरकारले राजदूत नियुक्ति कुन मापदण्डका आधारमा गर्ने भनी प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधिसभा ब....
काठमाडौं, असार २ : नेकपा नेता जनार्दन शर्माले सरकारले राजदूत नियुक्ति कुन मापदण्डका आधारमा गर्ने भनी प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजदूत छनौट र योग्यतामा प्रश्न उठाएका हुन्। ‘हामीले विभिन्न देशमा पठाउने राजदूत महोदयहरू हुनुहुन्छ। उहाँहरूले नेपालको लागि के के गर्नुहुन्छ? लगानी, प्रविधि भित्र्याउनुभो। अहिलेसम्म के गर्नुभो ? कसैलाई थाहा छैन’, उनले भने, ‘के टीओआर दिइएको छ त? त्यो अनुसार काम कति भएको छ ? मापदण्ड के हो ? मन परेपछि नियुक्त गरिदिने हो कि ? के हो त्यो? राजनीतिक क्षेत्रबाट गरिने नियुक्तिको मापदण्ड पनि देखिँदैन।’
उनले सरकारको पराराष्ट्र नीति पनि प्रष्ट नभएको बताए। ‘हामीले असंलग्न परराष्ट्र नीति भन्छौँ, दस्तावेजमा लेख्छौँ। असंलग्नता व्यवहारमा कार्यान्वयन गर्नुपर्छ। हामी कहिले एकदम दक्षिणतिर नजिक भएको जस्तो, कहिले एकदम उत्तरतिर घनिष्ट भएजस्तो कहिले पश्चिमतिर हामी दौडिएजस्तो। यो किन देखिन्छ? यसले असंलग्नताको राम्रो चित्र दिइरहेको छैन’, उनले भने।
नेपाल थोरै पनि उत्तर, दक्षिण वा पश्चिम कतै ढल्कियौं भने नेपालको हित हुन नसक्ने बताउँदै भने, ‘हामी त सन्तुलित भएर राष्ट्रको पक्षमा राष्ट्रको हितमा सार्वभौमिकता र आर्थिक विकासको हितमा लाग्नुपर्ने हो। यो कहिले कता, कहिले कता ढल्केको देखिन्छ । जनता कन्फ्युज छन् । के हो कुरा, हामी कता हो ? यी कुरा जनताले थाहा पाउनुपर्छ। जनताले थाहा पाउने गरी यी कुरा क्लियर हुुनुपर्यो। हामी थोरै पनि कतै ढल्कियौं भने नेपालको हित हुन सक्दैन।’






