Kathmandu Press

निषेधाज्ञा उल्लङघन गर्दै जीप व्यवसायी

निषेधाज्ञा उल्लङघन गर्दै जीप व्यवसायी

बाजुरा, जेठ १ : जिल्लामा नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि सङ्कट व्यवस्थापन समिति बाजुराले निषेधाज्ञा गरेको जीप व्यवसायीहरुले उल्लङघन गरेको छन् । मार्तडी–कोल्टी चल्दै आएका जीपहरुले जिल्ला प्रशासन कार्यालय बाजुराको अनुमति नलिएर सञ्चालन गर्दै आएको पाइएको छ। 

निषेधाज्ञामा सवारी साधनलाई अनुमती बिना चलाउन नपाइने प्रशासनको निर्णयलाई अवज्ञा गर्दैसदरमुकाम मार्तडीको बाउली खोलाबाट कोल्टीसम्मका जीपहरु चल्ने गरेका छन्। जीप व्यवसायीहरुले काठमाडौँलगायतका शहरबाट भएका यात्रुलाई दोब्बर भाडा असुल्दै जीप चलाउने गरेका छन्। 

काठमाडौंमा कोरोना भाइरसको सङ्क्रमणका कारण दैनिक मृत्यु हुने दर नरोकिएपछि जिल्लामा आएका करीब २० जनाको टोलीलाई मार्तडीबाट पाण्डुसैनसम्म रु एक हजार ५०० र मार्तडी–कोल्टीका लागि रु दुई हजार भाडा लिएको जीपमा सवार भएका शम्भु रोकायाले गुनासो गरेका छन्। उनले काठमाडौंमा कोरोना भाइरसको सङ्क्रमण बढेकाले क्याम्पस तथा विद्यालयहरु बन्द भएपछि घर आएको र घर जानुपर्ने बाध्यता भएकाले  जीप व्यवसायीहरुले त्यही मौका पारेर बढी भाडा लिएको रोकायाले बताए। 

जीप व्यवसायीहरुले पटक पटक विभिन्न समयमा मौका पारेर भाडा दोब्बर असुल्ने गरेको सर्वसाधारणले आरोप लगाउँदै आएका छन् । जीप व्यवसायीहरुले जिल्लामा अनुमति बिना सवारी साधन सञ्चालन गरेर यात्रु ओसारपसार गर्दै आएका भएपनि स्थानीय प्रशासन र सुरक्षा निकाय मौन रहेको छ। 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले महामारीका बेला अनुमती बिना जिल्ला आउने र जिल्लामा सवारी साधन सञ्चालन गर्नेलाई कानूनी कारबाही गर्ने बताएका छन्। उनले गैरकानूनी रुपमा मनोमानी भाडा लिने र अनुमती बिना सवारी चलाउनेलाई प्रहरी नियन्त्रणमा लिई सङ्क्रमण ऐन २०२० अनुसार कानूनी कारबाही गर्ने जानकारी दिए।
 
 

प्रकाशित मिति: १६:५७ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्