Kathmandu Press

राप्रपाको केन्द्रीय महाधिवेशन स्थागित

काठमाडौं, जेठ १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना भाइरस संक्रमणका कारण राप्रपाले केन्द्रीय महाधिवेशन स्थागित...
राप्रपाको केन्द्रीय महाधिवेशन स्थागित

काठमाडौं, जेठ १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना भाइरस संक्रमणका कारण राप्रपाले केन्द्रीय महाधिवेशन स्थागित अनिश्चितकालका लागि स्थागित गरेको हो।

एकीकृत राप्रपाको केन्द्रीय महाधिवेशन जेठ २२ देखि २५गतेसम्म काठमाडौंमा हुने तय थियो । तर, कोरोना महामारीको अवस्था विकराल बनेपछि शनिबार बसेको पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीको बैठकले महाधिवेशन स्थागित गर्ने निर्णय गरेको हो।

बैठक विज्ञप्तिमा भनिएको छ– ‘कोभिड महामरी अत्यन्त भयावह बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै पार्टीको पूर्वघोषित केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरिएको छ। महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने छ।’

राप्रपाले कोरोना संक्रमण रोक्न स्वदेश र विदेशमा कुटनीतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ। उसले नागरिकको जीवन रक्षा गर्न राज्यको सम्पूर्ण सामथ्र्य प्रयोग गर्न पनि सरकारसँग आग्रह गरेको छ।

कोरोना भाइरससँग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रही परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई राप्रपाले अपिल पनि गरेको छ । बैठकले ५ दिनभित्र पार्टीको निर्देशन समिति गठन गर्ने निर्णय पनि गरेको छ।

 

प्रकाशित मिति: १४:४१ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्