Kathmandu Press

यादव-भट्टराई पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक

काठमाडौं, जेठ १ : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षमा कार्यकारिणी समितिको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र...
यादव-भट्टराई पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक

काठमाडौं, जेठ १ : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षमा कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीमा देखिएको विवादका विषयमा छलफल गर्न कार्यकारिणी समितिको अनौपचारिक बैठक बालाइएको हो। दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकले महन्थ पक्षमाथि कारवाहीको प्रस्ताव गर्ने बताइएको छ।

पछिल्लो समयमा राजपाको विवाद चरमोत्कर्षमा पुगेको छ। जसमा यादव–भट्टराई र महन्थ ठाकुर–राजेन्द्र महतोको दुई समूह देखिएका छन्।

नयाँ सरकार निर्माणका क्रममा ठाकुर–महतो समूहले कांग्रेसलाई समर्थन नगर्दै तटस्थ बस्ने निर्णय गरेपछि राजपा विवाद उत्कर्षमा पुगेको हो । अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि विवाद थप चुलिएको छ।

यादव–भट्टराई बहुमतमा रहेको कार्यकारिणी समितिको बैठकका बारेमा ठाकुर–महतो पक्षका नेतालाई जानकारी नगराइएको बताइएको छ। जसपाको कार्यकारिणी समितिमा ५१ जना छन्। कार्यकारिणी समितिमा यादव–भट्टराई ३० जनाभन्दा बढी रहेको बताइएको छ।

प्रकाशित मिति: १२:४२ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्