Kathmandu Press

बाबुराम–उपेन्द्र पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक 

काठमाडौं, जेठ १ : राष्ट्रिय राजनीतिमा देखिएको पछिल्लो घटनाक्रमबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्यकारीणी समितिको बैठक...
बाबुराम–उपेन्द्र पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक 

काठमाडौं, जेठ १ : राष्ट्रिय राजनीतिमा देखिएको पछिल्लो घटनाक्रमबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्यकारीणी समितिको बैठक बोलाएको छ।

दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकले महन्थ पक्षमाथि कारवाहीको प्रस्ताव गर्ने बताइएको छ । जसपाको ५२ सदस्यीय कार्यकारिणी समितिमा दुवै पक्षले बहुमत दावी गरेका छन् ।

बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेका थिए।

भक्तपुरको एक रिसोर्टमा भएको सांसदको भेलाले महतो नेता चुनिएका हुन्। भेलामा १८ जना सांसद रहेको ठाकुर र महतो पक्षको दाबी छ।

जसपाको कार्यकारिणी समितिमा ५१ जना छन्। ती मध्ये रेशम चौधरी जेलमा छन्। कार्यकारिणी समितिमा संघीय परिषद अध्यक्ष भट्टराई र अर्का अध्यक्ष यादव पक्षसँग बहुमत छ।

प्रकाशित मिति: १२:३९ बजे, शनिबार, जेठ १, २०७८