Kathmandu Press

'मिडियाको च्यालेञ्ज बहुराष्ट्रिय कम्पनी'

काठमाडौं, असार २ : नेकपा मुख्य सचेतक देव गुरूङले नेपाली ठूला सञ्चारगृह (बिग हाउस) मार्फत् बहुराष्ट्रिय कम्पनीले एकाधिपत्य कायम गरेको उल्लेख गर्दै स्वत....

'मिडियाको च्यालेञ्ज बहुराष्ट्रिय कम्पनी'

काठमाडौं, असार २ : नेकपा मुख्य सचेतक देव गुरूङले नेपाली ठूला सञ्चारगृह (बिग हाउस) मार्फत् बहुराष्ट्रिय कम्पनीले एकाधिपत्य कायम गरेको उल्लेख गर्दै स्वतन्त्र र जनपक्षीय ढंगले अघि बढ्न आम सञ्चार क्षेत्रको चुनौती रहेको बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै गुरुङले भने, ‘निजी क्षेत्रमा बहुराष्ट्रिय कम्पनीको लगानी सञ्चार मन्त्रालयको चुनौती हो । विज्ञापन वा विविध नाममा हुने लगानीले मिडिया क्षेत्रमा एक प्रकारको एकाधिकार कायम गरिराखेको अवस्था छ । बहुराष्ट्रिय कम्पनीको एकाधिपत्य रहेको छ । मिडियाको पनि चुनौती हो।’

गुरुङले अगाडि भने, ‘स्वतन्त्र र प्रतिस्पर्धात्मक मिडिया स्थापना हुन सक्छ कि सक्दैन भन्ने हो । जनपक्षीय ढंगले मिडियालाई लैजान सकिन्छ कि सकिँदैन? लोकतान्त्रिक प्रक्रियाबाट मिडियालाई लैजान सकिन्छ कि सकिँदैन भन्ने हो । बहुराष्ट्रिय कम्पनीको आधिपत्य रहेको बिग हाउसको माध्यमबाट कायम रहने एकाधिपत्य त्योसँग मिडियाले फेस गर्न सक्छ कि सक्दैन भन्ने चुनौती हो। त्यसकारण यसलाई फेस गर्दै सञ्चार मन्त्रालय अघि बढ्ला भन्ने आशावादी छु।’

नेपालसँग सेटलाइट स्थापना गर्ने क्षमता नरहेको बताउँदै उनले सेटलाइट किन्न भन्दा ग्राउण्ड स्टेसन पहिला बनाउन पनि उनले सुझाव दिए । उनले भने, ‘विगतमा नानो स्याटलाईट पनि प्रयोग हुन सकेका छैनौं । हाम्रो ग्राउण्ड स्टेसन छैन । जापानको त्यो विश्वविद्यालयमार्फत लिनुपर्छ । ग्राउण्ड स्टेसन स्थापनामा जोड दिनुपर्छ ।’

प्रकाशित मिति: १४:४३ बजे, सोमबार, असार २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्