Kathmandu Press

सिभिल अस्पताल बन्यो कोभिड अस्पताल

काठमाडौं, जेठ १ : बानेश्वरस्थित सिभिल अस्पताल अब कोभिड अस्पताल बनेको छ। सिभिल अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्न शुक्रबार बागमती प्रदेशको सामाजिक...
सिभिल अस्पताल बन्यो कोभिड अस्पताल

काठमाडौं, जेठ १ : बानेश्वरस्थित सिभिल अस्पताल अब कोभिड अस्पताल बनेको छ। सिभिल अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्न शुक्रबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच सम्झौता भएको छ।

शुक्रबारबाटै सिलिल अस्पताल १५० बेडको कोभिड अस्पतालका रुपमा रुपान्तरण भएको छ। यसका लागि बागमती प्रदेश सरकारले अस्पताललाई २ करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान दिने छ।

सामाजिक विकास मन्त्रालय र अस्पतालबीच भएको सम्झौतामा सञ्चानलका आवश्यक पर्ने आर्थिक भौतिक, जनशक्तिलगायतका सम्पूर्ण व्यवस्था अस्पतालले नै गर्नुपर्ने उल्लेख छ। अस्पतालले उपचार गराइहेका विरामीको अवस्थाका बारेमा प्रत्येक दिन स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु पर्ने छ।

 

प्रकाशित मिति: ११:१६ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्