Kathmandu Press

चन्द्रागिरी नगरपालिका सिल

काठमाडौं, जेठ १ : काठमाडौंको चन्द्रागिरी नगरपालिका सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञालाई सर्वसाधारणले अवज्ञा गरेको भन्दै नगरपालिका शिल गरिएको हो । नगरपालिकाले...
चन्द्रागिरी नगरपालिका सिल

काठमाडौं, जेठ १ : काठमाडौंको चन्द्रागिरी नगरपालिका सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञालाई सर्वसाधारणले अवज्ञा गरेको भन्दै नगरपालिका सिल गरिएको हो । 

नगरपालिकाले शुक्रबार साँझ सूचना जारी गर्दै आजदेखि सबै सरकारी तथा निजी कार्यालय,बैंक तथा वित्तीय संस्थाका सेवासमेत सम्पूर्ण रुपमा बन्द गरि नगर क्षेत्रलाई सिल गरेको जनाएको छ।

निषेधाज्ञामा पनि बैंक तथा सरकारी कार्यालयहरू खुल्ने र सर्वसाधारणको आवतजावत नरोकिएपछि सिल गरिएको नगरपालिकाका मेयर घनश्याम गिरीले जानकारी दिएका छन् ।

चन्द्रागिरि नगर क्षेत्रमा आज जेठ १ गतेदेखि जेठ ७ गते विहान ५ बजेसम्म घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाइएको छ। औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहकेका सबै खाद्यान्न,किराना,मासु पसल,फलफूल तथा तरकारी लगायत सबै सेवा बन्द गरिएका छन्।

प्रकाशित मिति: १०:५७ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्