Kathmandu Press

अस्पताल र अक्सिजन उद्योगमा चौबिसै घण्टा बिजुली

काठमाडौं, जेठ १ : नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पताललाई चौबिसै घन्टा निरन्तर विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था गरेको जनाएको छ। अस्पताल...
अस्पताल र अक्सिजन उद्योगमा चौबिसै घण्टा बिजुली

काठमाडौं, जेठ १ : नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पताललाई चौबिसै घन्टा निरन्तर विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था गरेको जनाएको छ। 

अस्पताल र अक्सिजन उद्योगहरूको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरूलाई अधिकतम सतर्कको सूचीमा बर्गिकृत गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै विद्युत् निर्बाध आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको उनले बताए। 

अक्सिजन उद्योगहरू रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरू जडान गरिएको छ। देशभरका वितरण केन्द्रहरूलाई निर्देशन दिइएको र सम्बन्धित वितरण केन्द्रहरूले चौबिसै घण्टा विद्युत आपूर्ति गर्नेगरी काम गरिरहेको कार्यकारी निर्देशक शाक्यले बताए।

यस्तै, प्राधिकरणले अक्सिजन उद्योग तथा अस्पतालहरूमा निर्बाध विद्युत् आपूर्तिका लागि बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरेको छ। यो कार्यदलले चौबिसै घण्टा विद्युत आपूर्तिको प्रबन्ध गर्ने जनाएको छ। 

प्रकाशित मिति: ०९:२८ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्