कोरोनाबाट बाँकेमा थप आठ जनाको मृत्यु
नेपालगन्ज, जेठ १ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप आठ जनाको मृत्यु भएको छ। जिल्ला कोडिभ–१९ संकट व्यवस्थापन समितिका अनुसार कोरोनाबाट पाँच जना पुरुष र...
नेपालगन्ज, जेठ १ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप आठ जनाको मृत्यु भएको छ।
जिल्ला कोडिभ–१९ संकट व्यवस्थापन समितिका अनुसार कोरोनाबाट पाँच जना पुरुष र तीन जना महिलाको मृत्यु भएको हो। उनीहरू नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचाररत थिए।
कोरोनाबाट मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–२ की ३७ वर्षीया युवती छिन्। उनको नेपालगञ्ज मेडिकल कलेजमा शुक्रबार मृत्यु भएको हो। उनी वैशाख ३० गते अस्पताल भर्ना भएका थिए। उनलाई वैशाख १८ गते संक्रमण भएको थियो।
भेरी अस्पतालमा उपचाररत बाँकेको कोहलपुर नगरपालिका–४ का ४२ वर्षीय युवकको मृत्यु भएको छ। उनको पनि शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ। उनी वैशाख २६ गते अस्पताल भर्ना भएका थिए।
त्यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ४६ वर्षीय युवकको पनि भेरी अस्पतालमै मृत्यु भएको छ। उनी वैशाख २१ गते अस्पताल भर्ना भएका थिए।
बर्दियाकै ठाकुरबाबा नगरपालिका–१ की ३४ वर्षीया युवतीको आज बिहान ३ बजे भेरी अस्पतालमा मृत्यु भएको छ। उनी वैशाख २४ गते अस्पताल भर्ना भएकी थिइन्। उनलाई वैशाख २२ गते कोरोना पुष्टि भएको थियो।
यसैगरी नेपालगन्ज मेडिकल कलेजमा गएराति बाँकेको कोहलपुर नगरपालिका–९ का ६१ वर्षीय बृद्धको मृत्यु भएको छ। वैशाख १५ गते कोरोना पुष्टि भएको उनी वैशाख २१ गते अस्पताल भर्ना भएका थिए।
भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ का ३९ वर्षीय युवकको गएराति साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनी वैशाख ३० गते अस्पताल भर्ना भएका थिए।
भेरी अस्पतालमै गएराति ११ बजे सल्यानको वनगाड कुपिन्डे–४ की ६० वर्षीया बृद्धाको ज्यान गएको छ। उनी वैशाख १२ गते संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी थिइन्।
त्यस्तै, आज बिहान ४ः४५ बजे बर्दियाको गुलरिया नगरपालिका–१० का ६० वर्षीय बृद्धको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ। उनी वैशाख २७ गते अस्पताल भर्ना भएका थिए।











-1790332718.jpg)