सुर्खेत अस्पताल भन्यो- थप बिरामी भर्ना गर्न सकिँदैन
वीरेन्द्रनगर, जेठ १ : अक्सिजनको अभाव भएपछि सुर्खेतस्थित प्रादेशिक अस्पतालले कोरोनाका थप बिरामी भर्ना नसकिने जनाएको छ। नेपालगन्जबाट हुँदै आएको अक्सिजनको आपूर्ति रोकिएपछि समस्या भएको...
वीरेन्द्रनगर, जेठ १ : अक्सिजनको अभाव भएपछि सुर्खेतस्थित प्रादेशिक अस्पतालले कोरोनाका थप बिरामी भर्ना नसकिने जनाएको छ।
नेपालगन्जबाट हुँदै आएको अक्सिजनको आपूर्ति रोकिएपछि समस्या भएको प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. डम्बर खड्काले प्रेस विज्ञप्ति जारी गरी नयाँ बिरामी भर्ना गर्नसक्ने अवस्था नभएको जनाएका छन्।
डा. खड्काले भनेका छन्, ‘नेपालगन्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेका कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ।’
यो अस्पतालमा नेपालगन्जबाट अक्सिजन आपूर्ति हुँदै आएको थियो। अहिले आपूर्ति रोकिएपछि कोरोनाका बिरामी जोखिममा परेका छन्।
प्रादेशिक अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट छन्। दुवै प्लान्टबाट एक सय सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ।
अहिले अस्पतालमा कोरोनाका ९२ जना बिरामी उपचाररत छन्। अस्पतालाई दैनिक तीन सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने गरेको निर्देशक डा. खड्काले बताए। नेपालगन्जबाट आउने गरेको दुई सय सिलिन्डर अक्सिजन रोकिएको हो।
अहिले अस्पतालमा उपचाररत बिरामीलाई पनि अक्सिजन पु¥याउन कठिनाइ भएको छ। त्यसैले नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको उनले बताए।











-1790332718.jpg)