Kathmandu Press

स्वास्थ्य सामाग्री लिन वाइडबडी चीन जाँदै

काठमाडौं, जेठ १ : चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामाग्री लिन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज आज बेइजिङ जान लागेको छ। दोस्रो खेपको...
स्वास्थ्य सामाग्री लिन वाइडबडी चीन जाँदै

काठमाडौं, जेठ १ : चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामाग्री लिन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज आज बेइजिङ जान लागेको छ। 

दोस्रो खेपको स्वास्थ्य सामाग्री लिन आज साँझ वाइडबडी जान लागेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए। दोस्रो खेपमा चार सय सिलिन्डर, चार सय थान अक्सिजन कन्सन्टे«टर र अन्य स्वास्थ्य सामाग्री ल्याइनेछ। 

यसअघि वैशाख २८ गते पहिलो खेपमा चार सय अक्सिजन सिलिन्डर, १६० अक्सिजन कन्सन्टे«टर, १० भेन्टिलेटर ल्याएको थियो। चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर अनुदानमा दिने घोषणा गरेको थियो। 
 

प्रकाशित मिति: ०७:५३ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्