Kathmandu Press

नेपाल कोरिया अस्पतालबाट अक्सिजन उत्पादन

काठमाडौं, वैशाख ३१ : मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आज बेलुकादेखि अक्सिजन उत्पादन शुरु गरेको छ ।नगरपालिकाको  ६५ लाखको लगानीमा...
नेपाल कोरिया अस्पतालबाट अक्सिजन उत्पादन

काठमाडौं, वैशाख ३१ : मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आज बेलुकादेखि अक्सिजन उत्पादन शुरु गरेको छ ।

नगरपालिकाको  ६५ लाखको लगानीमा चीनबाट ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादन शुरु गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए  । 

दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने  प्लान्टले अब अस्पतालका सघन उपचार कक्ष,  हाइकेयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई पाइपमार्फत अक्सिजन पुर्‍याउने जनाइएको छ ।

अहिले दैनिक ९० सिलिण्डर अक्सिजन खपत भइरहेकामा अब ३० सिलिण्डर अक्सिजन मात्रै बाहिरबाट ल्याए पुग्ने भएको छ । (रासस) 

प्रकाशित मिति: २०:४१ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्