Kathmandu Press

सिंहदरबारमा प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता सुरु

काठमाडौं, वैशाख ३१ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।बिहीबार दिउँसो ओली...
सिंहदरबारमा प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता सुरु

काठमाडौं, वैशाख ३१ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

बिहीबार दिउँसो ओली र नेपालबीच भएको सहमति कार्यान्वयनबारे थप छलफल गर्न सिंहदरबारमा वार्ता सुरु भएको हो ।

वार्तामा नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र अध्यक्ष ओलीका तर्फबाट ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ पनि छलफलमा सहभागी छन् ।

ओलीसँग वार्तामा बस्नुअगाडि नेता नेपाल समूहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक मार्फत छलफल समेत गरेर बिहिबार ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका थिए ।

शुक्रबारको वार्ताबाट कार्यदल बनाउने लगायतबारे छलफल हुने तयारी रहेको बताईएको छ । 

प्रकाशित मिति: १९:२८ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्