Kathmandu Press

घरमा अक्सिजन सिलिण्डर नराख्नु : स्वास्थ्य मन्त्रालय 

काठमाडौं, वैशाख ३१ : चिकित्सको सिफारिसबाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।मन्त्रालयका सह-प्रवक्ता...
घरमा अक्सिजन सिलिण्डर नराख्नु : स्वास्थ्य मन्त्रालय 

काठमाडौं, वैशाख ३१ : चिकित्सको सिफारिसबाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार एक सूचना जारी गर्दै कोभिड–१९ का बिरामीको उपचारका लागि अक्सिजनको महत्वपूर्ण भूमिका रहेको भन्दै मन्त्रालयले यदी घरमा वा संस्थामा सिलिण्डर भए नजिकैको अस्पताल वा प्रशासनमा बुझाउन पनि अनुरोध गरेका हुन् ।

उक्त निर्णय बिहिबारको नेपाल सरकार मुख्य सचिवस्तरबाट भएको पनि उनले जनाएका छन् । 
 

प्रकाशित मिति: १८:४२ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्