Kathmandu Press

नेपाल प्रहरीले भन्यो,‘व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लगिएको छैन’ 

काठमाडौं, वैशाख ३१ : नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लैजाने गरेको भन्ने आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेको छ ।नेपाल...
नेपाल प्रहरीले भन्यो,‘व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लगिएको छैन’ 

काठमाडौं, वैशाख ३१ : नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लैजाने गरेको भन्ने आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेको छ ।

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै अक्सिजन सिलिन्डर प्रहरीले व्यक्तिगत प्रयोजनका लागि नलगेको भन्दै आरोपको खण्डन गरेको हो ।

‘नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लैजाने गरेको भन्ने जस्ता कपोकल्पित आरोपमा कुनै सत्यता नभएको प्रष्ट गर्दै यस विषम घडीमा पनि निष्ठतापूर्वक अहोरात्र खटिने संगठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाईनु, सामाजिक सञ्जालमा प्रचार र प्रसारित हुनु आफैमा दुख कुरा हो’, बिज्ञप्तिमा उल्लेख छ ।

यस्तै महामारीमा सबैसँग सहकार्य गरेर प्रहरी कर्मचारीहरुको दिनरात खटिरहेको स्मरण गराउँदै नेपाल प्रहरीले विभिन्न स्थानबाट ७ हजार भन्दा वढी सिलिण्डर नियन्त्रणमा लिई अस्पताललाई बुझाएको समेत बिज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति: १८:३० बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्