एकैदिनमा २०३ जना संक्रमितको मृत्यु, ६ हजार वढीले जिते कोरोना
कुल संक्रमित मध्ये उपत्यकामा मात्र ३३४९ जनामा संक्रणण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा २४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जना रहेका छन्।
काठमाडौं, वैशाख ३१ : गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण २०३ जनाको मृत्यु भएको छ। यस्तै थप ८५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कुल संक्रमित मध्ये उपत्यकामा मात्र ३३४९ जनामा संक्रणण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा २४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जना रहेका छन्। पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षण गरिएको थियो ।
यस्तै गत २४ घण्टामा निको हुनेको संख्या ६१३५ रहेको छ। अहिले देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)