ओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै
काठमाडौं, वैशाख ३१ : नेकपा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ। साँझ ६ बजे सिंहदरबारमा...
काठमाडौं, वैशाख ३१ : नेकपा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ। साँझ ६ बजे सिंहदरबारमा हुन लागेको भेटवार्तामा कार्यदल सदस्यहरु पनि सहभागी हुने बताइएको छ ।
साँझ बस्ने बैठकमा नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्तको सहभागी हुने भएका छन्।
तर ओली तर्फबाट भने सहभागी नेता टुंगो लागेको छैन । ओली र नेपालबीच बिहीबार दिउँसो लामो छलफल भएको थियो । यो छलफलमा एमालेभित्रको विवाद मिलाउने सहमति भएपछि नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको थियो।
प्रकाशित मिति: १५:२१ बजे, शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)