हेटौँडा अस्पतालमा अक्सिजन ३ घण्टामा सकिँदै
काठमाडौं, वैशाख ३१ : मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा)ले ३ घण्टामा अक्सिजन सकिने बताएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै...
काठमाडौं, वैशाख ३१ : मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले ३ घण्टामा अक्सिजन सकिने बताएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै अब आईसीयू र एचडीयूमा भर्ना भएका बिरामीका लागि ३ घण्टालाई मात्र पुग्ने अक्सिजन बाँकी रहेको बताएको हो।
अस्पतालले अक्सिजन अभाव भएर कोरोनाका थप बिरामी भर्ना गर्न नसकिने र भर्ना भएका बिरामीहरुको उपचार गर्न समस्या परेको बताएको बताएको छ ।
अक्सिजनामा अन्य जिल्लाका उद्योगहरुमा भर पर्नु परेको र बिहीबारबाट अन्यत्र जिल्लाबाट पनि अक्सिजन ल्याउन नसकिएकाले अप्ठेरो परिस्थिति सिर्जना भएको अस्पतालले जानकारी दिएको छ।
‘अक्सिजन उपलब्ध हुन नसकेकाले बिरामीको उपचारमा पर्न गएको असुविधाप्रति क्षममाप्रार्थै छौं,’ विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)