टेकुमा अस्पतालको पेटी र टहरामा कोरोना संक्रमितको उपचार
काठमाडौं, वैशाख ३१ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा बेड अभावका कारण बिरामीलाई टहरामा राखेर उपचार गर्न थालेको छ।यसभन्दा अगाडी बिरामीहरूलाई बेड नभएर अस्पताल...
काठमाडौं, वैशाख ३१ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले बेड अभावका कारण बिरामीलाई टहरामा राखेर उपचार गर्न थालेको छ।
यसभन्दा अगाडी बिरामीहरूलाई बेड नभएर अस्पताल भवनको प्रांगणमा राखेर आवश्यकता अनुसार अक्सिजन दिइरहेकोमा बिरामीको चाप अत्याधिक बढ्न थालेपछि उनीहरूको व्यवस्थापनका लागि टहरामा बेड राखेर उपचार गर्न थालिएको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले जानकारी दिए।
‘अहिले अस्पतालभित्र बेड नपुगेकै कारण दैनिक लगभग १५ देखि २० जना कोरोनाका बिरामी बाहिर बेड पाउने आसमा कुरेर बसेका हुन्छन्,’ उनले काठमाडौं प्रेससँग भने, ‘अस्पतालभित्र बेड खाली नहुन्जेल उनीहरुलाई बाहिर र टहरामा राखेर उपचार गरिरहेका छौँ।’
अस्पतालको सेतो भवनको दब्रेपट्टि रहेको जस्ता लगाइएको खाली भागबाट सबैतिर टिनले ढाकेर थप १० वटा वेड राखि उपचार गरिरहेको डा. बास्तोलाले जानकारी दिए। टहरामा राखिएका बिरामीहरूलाई आवश्यकता अनुसार सिलिन्डर मार्फत अक्सिजन दिइरहेको उनले बताए।











