Kathmandu Press

पक्राउ परेका जापानी पत्रकारलाई म्यानमारले रिहा गर्दै 

काठमाडौं, वैशाख ३१ : म्यानमारमा गत अप्रिल १८मा पक्राउ परेको जापानी पत्रकार युकि किताजुमीलाई म्यानमारले रिहा गर्ने भएको छ।झूठो समाचार लेखेको आरोपमा गत अप्रिल...
पक्राउ परेका जापानी पत्रकारलाई म्यानमारले रिहा गर्दै 

काठमाडौं, वैशाख ३१ : म्यानमारमा गत अप्रिल १८मा पक्राउ परेको जापानी पत्रकार युकि किताजुमीलाई म्यानमारले रिहा गर्ने भएको छ।

झूठो समाचार लेखेको आरोपमा गत अप्रिल १८ मा पक्राउ परेका ४५ वर्षिय जापानी पत्रकार किताजुमीलाई बिहिबार म्यानमार सैन्य सरकारले रिहा गर्ने भएको हो। 

किताजुमी फेब्रुअरी १मा सैन्य ‘कू’ लागू भएयता झुठो समाचार लेखेको आरोप पक्राउ पर्ने पहिलो विदेशी पत्रकार हुन्। 

म्यानमार अधिकारीहरूले जापानी सरकारको अनुरोधको कारण किताजुमीले कानुन उल्लङघन गरेता पनि रिहा गरिन लगेको बताएका छन्। 

किताजुमीलाई म्यानमर सैन्य सरकारले झुठो समाचार लेखेको आरोपमा तीन वर्ष जेल सजाय सुनाएको थियो । यद्यपी, जापान सरकारको अनुरोधमा उनलाई रिहा गर्न लागिएको हो। 

सैन्य सरकारले सत्ता कब्जा गरि ‘कू’ लागू गरेयता लगभग आठ सयको हत्या र हजारौंलाई पक्राउ गरेको छ। 

प्रकाशित मिति: १०:४८ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्