Kathmandu Press

ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु 

कञ्चनपुर, वैशाख ३१ : कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से १ त ४४४१ नम्बरको ट्र्याक्टरले से ३ प ३००४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको...
ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु 

कञ्चनपुर, वैशाख ३१ : कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से १ त ४४४१ नम्बरको ट्र्याक्टरले से ३ प ३००४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र २८ वर्षीय प्रकाश रोकायाको मृत्यु भएको हो।

प्रकाशको घटनास्थलमै र सुरजको उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको बताइएको छ। मृतक दुवै कृष्णपुर नगरपालिकाका बासिन्दा रहेका छन्। 

ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक दुवैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

प्रकाशित मिति: ०७:२६ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्