Kathmandu Press

हिमाल सफा गर्दा भेटियो मानव कंकाल 

काठमाडौं, वैशाख ३० : सगरमाथा हिमाल सफा गर्दा मानव कंकाल भेटिएको छ । सफा हिमाल अभियान २०२१ अन्तर्गत फोहर संकलन गर्ने क्रममा नेपाली सेनाको...
हिमाल सफा गर्दा भेटियो मानव कंकाल 

काठमाडौं, वैशाख ३० : सगरमाथा हिमाल सफा गर्दा मानव कंकाल भेटिएको छ । सफा हिमाल अभियान २०२१ अन्तर्गत फोहर संकलन गर्ने क्रममा नेपाली सेनाको टोलीले वैशाख २८ गते सगरमाथाको बेसक्याम्पबाट मानव कंकालको दायाँ हात र वायाँ पाखुरा फेला पारेको हो। 

फेला परेको मानव कंकाललाई सगरमाथा बेसक्याम्पबाट हेलिकप्टर मार्फत् लुक्ला पठाइएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार कंकाल आवश्यक प्रक्रियाको लागि लुक्ला स्थित इलाका प्रहरी कार्यालयमा बुझाइएको छ । 

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्