Kathmandu Press

स्वास्थ्य सामग्री सहयोग गर्न अमेरिकालाई नेपालको आग्रह 

काठमाडौं, वैशाख ३० : नेपाल सरकारले अमेरीकासँग स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीमार्फत...
स्वास्थ्य सामग्री सहयोग गर्न अमेरिकालाई नेपालको आग्रह 

काठमाडौं, वैशाख ३० : नेपाल सरकारले अमेरीकासँग स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीमार्फत कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामाग्री सहयोग गर्न आग्रह गरेका हुन् । 

उपप्रधानमन्त्री पोखरेलले राजदूत  बेरीसँगको टेलिफोन कुराकानीको क्रममा कोराना भाइरसको तीव्र फैलावट रोक्न अमेरिकी सरकारबाट खोप सहयोग चाहेको बताए।

त्यस्तै भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पतालका लागि आवश्यक पूर्वाधारको सामग्री पनि सहयोगका लागि पोखरेलले आग्रह गरेका थिए ।  

राजदूत बेरीले अर्को सातासम्म नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरिने जवाफ दिएको बताइएको छ। 

प्रकाशित मिति: १६:३९ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्