Kathmandu Press

धनुषामा निषेधाज्ञा १० दिन थपियो

काठमाडौं, वैशाख ३० : धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ। वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको...
धनुषामा निषेधाज्ञा १० दिन थपियो

काठमाडौं, वैशाख ३० : धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ। वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए। कोरोनाको दोश्रो लहरमा गएको वैशाख २१ गतेदेखि भोलिसम्मका लागि निषेधाज्ञा तोकिएको थियो। 

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

प्रदेश २ मा भोलि सार्वजनिक बिदा हुने भएको छ। मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक बिदा दिएको हो।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकोले यसवर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालन गरी पर्व मनाउन समेत अपिल गरिएको छ । 

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्