Kathmandu Press

नेपाली सेनाको टोलीले आरोहण गर्‍यो आमादब्लम हिमाल 

काठमाडौं, वैशाख ३० : नेपाली सेनाको टोलीले आमादब्लम हिमालको सफल आरोहण गरेको छ । सफा हिमाल अभियानमा रहेको सेनाको टोलीले बुधबार बिहान ९ः ५८...
नेपाली सेनाको टोलीले आरोहण गर्‍यो आमादब्लम हिमाल 

काठमाडौं, वैशाख ३० : नेपाली सेनाको टोलीले आमादब्लम हिमालको सफल आरोहण गरेको छ । सफा हिमाल अभियानमा रहेको सेनाको टोलीले बुधबार बिहान ९ः ५८ मा ६८१२ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गरेको हो । 

टोलीमा सह(सेनानी अर्जुन खत्री, हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङ, फुरी ग्याल्जेन शेर्पा र पासाङ तेन्जी शर्पा थिए । 

नेपाली सेनाले वैशाख २ गतेबाट सगरमाथासहितका ६हिमाल सफाइ अभियान थालेको छ । सोही अभियानअन्तर्गतको टोलीले आमादब्लम हिमाल आरोहण गरेको हो । 

 
 

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्