Kathmandu Press

समुद्री पार्क बनाउँदै अष्ट्रेलिया 

क्यान्बेरा, वैशाख ३० : अष्ट्रेलियाली सरकाले दुई समुद्री पार्क स्थापना गर्ने घोषणा गरेको छ। अष्ट्रेलियाली सरकारले बुधबार आफ्नो समुद्री क्षेत्र संरक्षणको लागि हिन्द महासागरमा दुई...
समुद्री पार्क बनाउँदै अष्ट्रेलिया 

क्यान्बेरा, वैशाख ३० : अष्ट्रेलियाली सरकाले दुई समुद्री पार्क स्थापना गर्ने घोषणा गरेको छ। 

अष्ट्रेलियाली सरकारले बुधबार आफ्नो समुद्री क्षेत्र संरक्षणको लागि हिन्द महासागरमा दुई नयाँ विशाल समुद्री पार्क स्थापना गर्ने घोषणा गरेको हो। 

अष्ट्रेलियाकी वातावरण मन्त्री सुजेन ले  बुधबार सरकारले सात लाख ४० हजार वर्ग किलोमिटर क्षेत्रफलमा दुई नयाँ समुद्री पार्क स्थापना गर्ने बताएकी छन्। 

मन्त्री सुजेनका अनुसार समुद्री पार्कको आकार फ्रान्सभन्दा ठूलो र ग्रेट व्यारीयर रीफ समुद्री पार्कको आकारभन्दा दुई गुणा ठूलो रहने छ। 

यसले समुद्री पार्क संरक्षणअन्तर्गत अस्ट्रेलियाको समुद्री पानीको अनुपात ३७ दखि ४५ प्रतिशतमा बढाउने बताइन्। 

प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्